आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

२७ माघ २०७८, बिहीबार १७:५३

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समाायोजन भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीको अघिल्लो दिन कायम ११०७ रुपैयाँका आधारमा नेप्सेले सोही प्रतिशत हकप्रद निष्काशन पछिको शेयरमूल्य ८१९ रुपैयाँ २९ पैसा कायम गरेको छ ।

कम्पनीले सय रुपैयाँ अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशन तथा बिक्रीपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*