हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त

१ फाल्गुन २०७८, आईतवार ११:११

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजयबहादुर शाह नियुक्त भएका छन् । सुशील बज्राचार्यलाई कम्पनीलेएक कार्यक्रम गरी विदाई गरेसँगै शाहलाई नियुक्त गरेको हो । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले त्रै स्वीकृति प्रदान गरेको छ । शाह एनएलजी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा सीईओ सम्हालिसकेका व्यक्ति हुन् ।

कम्पनीले सीईओ बज्राचार्यलाई ४ वर्षको लागि दोस्रो कार्यकालको लागी नियुक्त गरेको थियो तर कार्यकाल सकिन डेढ वर्ष अघिनै इन्स्योरेन्सबाट बाहिरिएका हुन् । शाहले फागुन १ गतदेखि हिमालयन जनरल इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने बताइएको छ । नेपाल इन्स्योरेन्सको सीईओ पदबाट ४ बर्से कार्यकाल सकेर गत साउन ९ गते बाहिरिएका थिए । शाहले ६ महिनाको कलिङ पिरियड सकेका हुन् ।
बीमा क्षेत्रलाई राम्रोसँग बुझेका सीईओ शाहले नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका थिए । कुशल व्यावसायिक व्यवस्थापक शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनीलाई व्यावसायिक कम्पनीका रूपमा रूपान्तरण गरेका थिए । सधैँ उचाइ छुन अभिप्रेरित गर्ने ऊर्जाशील शाहले वरिष्ठ चाटर्ड एकाउन्टेन्ट, एमबिएसम्मको अध्ययन गरेका छन् ।
सिईओे शाह फिलिपिन्समा सचिवालय रहेको विकासशील देशहरूको बीमा तथा पुनर्बिमा सङ्घको अध्यक्ष समेत रहेका छन् । शाह नेपाल व्यवस्थापन सङ्घबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । बीमा र अन्य क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*