जनउत्थान सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक पोखरेल नियुक्त

२७ माघ २०७८, बिहीबार १२:०९

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा राम पोख्रेललाई पुनः नियुक्त गरेको छ ।

बुधबार बसेको संचालक समितिको १८१ औं बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पोख्रेलललाई दोस्रो कार्यकालको निरन्तरता दिने निर्णय गरेको हो । यद्यपि उनको पदावधी दुई वर्ष मात्रै थपिएको छ । पोख्रेल अब २०८० माघ २७ गतेसम्म प्रमुख कार्यकारी अधिकृतमा कायम हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*