समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता

२७ माघ २०७८, बिहीबार १२:०२

काठमाडौं । समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा फाइनान्सका प्रमुख ब्यवस्थापक विनोदराज पौडेल र कुमार बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्र्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाबाट सजिलै लिन सकिनेछ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त फाइनान्सले ५ वटा शाखा कार्यालय मार्फत कारोबार गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*