नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्ने छुटको मौका सकिदै, अब दुई दिन मात्रै बाँकी

२७ माघ २०७८, बिहीबार ०८:४२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २० गतेबाट सुरु गरेको व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजना अवधी समाप्त हुन लागेको छ ।

यही माघ मसान्तसम्मको लागि सञ्चालन गरेको उक्त छुट अफर अबको दुई दिनपछि सकिने छ । तेस्रो दिन शनिबार परेकोले भोलि शुक्रबार कार्यालय समय बन्द भएपछि उक्त बम्पर अफरको सुविधा लिन सकिने छैन । कम्पनीले बम्पर छुट योजना अन्तर्गत २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कारणले समयमा बीमा शुल्क भुक्तानी गर्न नसकेका निम्न तथा मध्यम बर्गीय बीमितलाई लक्षित गरी यस्तो योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत हजारौं बीमितहरुले लाभ लिइसकेका छन् ।

समयमा बीमा शुल्क नियमित भुक्तानी गर्न नसकी अल्झिएका बीमालेखलाई व्यतित बीमालेख भनिन्छ । बीमा शुल्क नियमित भुक्तानी गर्न नसकेको अवस्थामा त्यस्तो बीमितको जोखिम वहन गर्न पाइदैन । विभिन्न कारणले आर्थिक समस्यामा परेका र अप्ठेरोमा परेका बीमितहरुलाई लाभ दिन र बीमा पोलिसी नियमित गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त अभियानमा छुटेका बीमितहरुले भोलिभित्रैमा बीमालेख नविरकण गराईसक्नुपर्नेछ ।
त्यसको लागि आफ्ना अभिकर्ता वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*