आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२७ माघ २०७८, बिहीबार ०७:२५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित आज (माघ २७ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने भएसंगै माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४० प्रतिशत अर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज गर्ने भएको हो ।

इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चूक्तापूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

उक्त हकप्रदलाई इक्रा नेपालले इक्रा आईआर बीबीबी रेटिङ दिएको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*