इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमै ७४ करोड बढीको आवेदन

२६ माघ २०७८, बुधबार १८:३७

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमै ७४ करोड बढीको आवेदन परेको छ । कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमै ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २१७ जनाले ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.४१ गुणा बढी आवेदन हो । कम्पनीले आज बुधबार (माघ २६ गते) बाट प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*