नेपाल लाइफको लाभांश हालसम्मकै थोरै, नौ वर्षको इतिहासमा कम लाभांश दिँदा शेयर बजारमा हलचल

२६ माघ २०७८, बुधबार १८:४४

काठमाडौं । नेपालको नम्वर एक जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश इतिहासकै सबैभन्दा कम दिने प्रस्ताव गरेको छ । नेपाल लाइफको झण्डै २० वर्षे इतिहासमा सबैभन्दा कम अर्थात १४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश समेत दिन पाउने हो वा होईन अझै निश्चित भइसकेको छैन ।

कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत मिति २०५८ बैशाखमा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्सले छोटो समयभित्र अत्यन्तै राम्रो व्यवसायिक कारोबारमा रेकर्ड कायम गर्न सफल भएकोमा यस वर्ष खस्किएको हो ।

चुस्त आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनको मध्यम तथा बीमा क्षेत्रमा नविनतम प्रविधिको प्रयोग तथा प्रोत्साहन अभ्यास गरेकोमा विभिन्न अवार्डले पनि पुरस्कृत पनि भएको कम्पनीको मुनाफा खस्किदा कम्पनीभित्र पुरानो बिरासत जोगाउने चुनौति बढेको छ ।
साथै केही महिना पहिले बीमा क्षेत्रमा नविनतम प्रविधिको प्रयोग तथा प्रोत्साहन अभ्यास गरेकोमा ग्रोथ इन्नोभेसन एण्ड लिडरसिप’ सम्मेलनमा नेपाल लाइफले उक्त अवार्ड पाएको थियो ।

नेपालका जीवन बीमा कम्पनीहरु मध्येमा हरेक हिसाबले नम्वर १ रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी यस वर्ष भने लाभांशमा चुकेको छ । देशको कूल राजश्वको १५ प्रतिशतभन्दा ठूलो आकारका अर्थात एक खर्ब १८ अर्ब (असोज मसान्त सम्ममा) रुपैयाँ जीवन बीमा कोषमा संचिती गर्न सफल नेपाल लाइफ देशकै मेरुदण्ड बीमा कम्पनी हो । नेपालका बैंकहरुलाई करिब १०० अर्ब निक्षेप दिन सक्ने क्षमताको कम्पनीको लाभांश यस पटक ह्वात्तै घटेको छ ।

यसअघि कम्पनीको साधारण सभा होटल विष्वा विरंगजमा भएको थियो । २०७७ माघ २८ गते भएको थियो । उक्त साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत बोनस सेयरसहित कूल ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

कम्पनीले आव २०६८।०६९ मा सबैभन्दा धेरै १२६.३१ प्रतिशत लाभांश दिएको थियो भने २०६९।०७० मा ९८ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले न्यूनतम ५० प्रतिशत लाभांश सजिलै दिँदै आएकोमा यस वर्ष लाभांश घटेर १४ प्रतिशतमा झरेको हो ।

यस वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्मकै कम १४.७३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आठवर्ष यताकै कम लाभांश प्रस्ताव गरेको उक्त कम्पनीको सेयर मूल्य वुधवार घटेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुुनाफाबाट करिब १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १४ प्रतिशत बोनस सेयर रहेको छ भने शून्य दशमलव ७३ प्रतिशत नगद कर प्रयोजनसहित छुट्याएको छ ।

लामो समयदेखि नेपाल लाइफ बीमाशुल्क आर्जन, बीमा कोष, जगेडा कोष, चुक्ता पुँजी, दाबी भुक्तानी लगायतका अधिकांश सूचकांकमा समेत शीर्ष स्थानमै रहँदै आएको कम्पनी हो । र, आजका दिनमा पनि व्यवसायका हिसाबमा नेपाल लाइफले बजार ‘लिड’ गरिरहेको छ ।
चालु आवको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीले कुल जीवन बीमा बजारमा २६.७३ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि बजार हिस्सा भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

त्यति मात्रै होइन, आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत भएपछि कम्पनीले बीमितलाई दिने बोनसदर घटेर आएपछि अभिकर्ताहरु असन्तुष्ट बनिरहेका छन् ।

कम्पनीका सेयरधनीहरूले लाभांशप्रति चित्त नबुुझाउँदा कम्पनीको बोनस सेयरमा गिरावट आएको हो । कम्पनीको सेयर मूूल्य घटे पनि सेयर खरिद भने बढेको छ । आइतबार उक्त कम्पनीको सेयर मूल्य ४२ करोड रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर हाल बेरियस ट्रेन्डमा रहेको उक्त कम्पनीको मैनबत्ती रेखाले देखाउँछ ।

कम्पनीको मूल्य अघिल्लो आर्थिक वर्षदेखि नै सानो सानो रातो मैनबत्तीको रेखा बनाउँदै अघि बढेको देखाँउछ । पुसको दोस्रो साताबाट नै कम्पनीको सेयर मूल्यमा उकालो लागेको हो । माघको पहिलो सातासम्ममा आइपुग्दा कम्पनीको सेयर मूल्य घट्दा मैनबत्तीमा एउटा ठूलो रातो आकार लिएको देखिन्छ ।

कम्पनीको एक सय २० दिनको औसत कारोबारलाई हेर्नेहो भने पनि कम्पनीको सेयर मूल्य बेरियस नै रहेको पुष्टि हुन्छ ।
कम्पनीको एक सय १ सय ८० दिनको कारोबारलाई हेर्दा सेयर मूल्य एक हजार सात सय सात सय ८१ दशमलव शून्य पाँच रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*