सबै निर्जिवन बीमा कम्पनीसँग हिमालयन रि इन्स्योरेन्सले गर्यो व्यवसाय, जीवन बीमा कम्पनीहरु पनि जोडिदै

२६ माघ २०७८, बुधबार १८:१२

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले नेपालका सबै निर्जिवन बीमा कम्पनीहरुसँग निर्जिवन बीमा व्यवसाय सुरु गरेको छ । कम्पनीका अनुसार सबै निर्जिवन बीमा कम्पनीसँग व्यवसाय सुरु गरिसकेको छ भने जीवन बीमा कम्पनीहरुसँग पनि व्यवसाय सुरु गर्ने क्रममा रहेको कम्पनीले जनाएको छ ।

कम्पनी स्थापना भएको सात महिनामै कम्पनीले सबै निर्जिवन बीमा कम्पनीहरुलाई आवद्ध गरिसकेको छ । जीवन बीमा कम्पनीहरुमा भने जाने प्रक्रिया भइरहेको कम्पनीले जनाएको छ । हालसम्म आधा दर्जन जीवन बीमा कम्पनीलाई पनि आवद्ध गरिसकेको कम्पनीका कार्यकारी निर्देशक दिपक कुमार श्रेष्ठले बीमा पोष्टलाई बताए ।

चालू आवको पहिलो त्रैमासम्ममा कम्पनीले आठ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले दोब्बरले व्यवसाय बढाउने देखिन्छ । सम्भवत केही दिनमै दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने तयारी समेत भइरहेको उनले बताए ।

बीमा समितिले नेपालका रि इन्स्योरेन्स कम्पनीसँग जीवन तथा निर्जीवन बीमा कम्पनीहरु आबद्ध हुनुपर्ने निर्देशन दिएको थियो । जसको कारण कम्पनीले आफनो व्यवसायको विस्तारमा पनि यसले सकारात्मक प्रभाव देखिएको छ । बीमा समितिले ल्याएको नीतिले कम्पनीलाई थप फाईदा पुगेको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई नेपाल सरकारले लिएको नीति पनि सहयोगी भएको छ । गत मंसिर ९ गते बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सबै जीवन र निर्जीवन बीमा कम्पनीहरु नेपालका रि–इन्स्योरेन्स कम्पनीमा आबद्ध हुनुपर्ने अनिवार्य नीति लिएपछि हिमालयन रि इन्योरेन्स कम्पनीको व्यवसाय बृद्धि भएको हो । हिमालयन रिका कार्यकारी निर्देशक श्रेष्ठ पनि यसले कम्पनीलाई सहयोगी भूमिका निर्वाह गरेको बताउँछन् । ‘समितिले नेपालको समग्र हितमा लिएको नीतिले हामीलाई पनि सहयोग गरेको छ’ श्रेष्ठले भने ।

बीमा समितिले यस किसिमको नीति लिएपछि चालू आर्थिक वर्षदेखि आफ्नो बिजनेस अघि बढाएको हिमालयन रिमा नेपालमा सञ्चालनमा आएका सबै निर्जीवन बीमा कम्पनी अर्थात् २० वटा नै आबद्ध भएका छन् । त्यस्तै १९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटा आबद्धता भएका छन् । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बीमा कम्पनीहरु सुरुमा आबद्ध हुन केही हिच्किचाहट गरे पनि अहिले केही सहज रुपमा आइरहेका छन् ।हिमालयन रि इन्स्योरेन्स कम्पनीले २०७८ साल असारमा पुनर्बीमा व्यवसायको अनुमति पाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*