रावा इजर्नी डेभलपमेन्टले ४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

२६ माघ २०७८, बुधबार १७:१६

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा आज नियुक्त गरेको हो ।

उक्त सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ । कम्पनीले हाल कायम जारी पूँजी २० करोड रुपैयाँ मध्ये स्थानीयका लागि १० प्रतिशत वापत २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*