पुस मसान्तमा नेप्से सूचकाङ्क २८५७.८ पुग्यो, बजार पुँजीकरण ४० अर्ब नाघ्यो

२६ माघ २०७८, बुधबार १६:५३

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तमा २२८६.६ रहेको नेप्से सूचकाङ्क २०७८ पुस मसान्तमा २८५७.८ पुगेको छ । २०७८ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४०३७ अर्ब १३ करोड पुगेको छ । २०७७ पुस मसान्तमा बजार पुँजीकरण रु.३०७९ अर्ब ९४ करोड रहेको थियो ।

२०७८ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२५ पुगेको छ । सूचीकृत कम्पनीहरु मध्ये १४३ बैंक तथा वित्तीयसंस्था र बीमा कम्पनी रहेका छन् भने ४६ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।

।सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ पुससम्ममा सूचीकृत ६ अर्ब ५४ करोड शेयरको चुक्ता मूल्य रु. ६४४ अर्ब ४० करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनासम्ममा रु.४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.१५ अर्ब ४६ करोड बराबरको साधारण शेयर, रु.८ अर्ब ९३ करोड बराबरको हकप्रद शेयर, रु.८ अर्ब १ करोड बराबरको बोनस शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.८२ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु.३ अर्ब बराबरको म्युचुअल फण्ड,रु.१ अर्ब ५७ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब ४ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब ४१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*