अरुण भ्याली हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२६ माघ २०७८, बुधबार १५:१६

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १६ अंकले घटेको शेयर बजार आज पनि २२ अंकले घट्न पुगेको हो ।

यस साताको पहिलो दिन नेप्सेमा ४० अंकले गिरावट आएको थियो । दोस्रो दिन सामान्य सुधार देखिएपनि त्यसयता क्रमशः नेप्सेमा गिरावट आएको छ ।

आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से सामान्य अंकले घटेतापनि आज कारोबार भने ह्वात्तै घट्न पुगेको छ । सम्भवतः केही महिनायताकै यो कारोबार सबैभन्दा न्युन हो । ३ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको १८ करोड ६१ लाख ६९ हजार ७६५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनटिसीको १४ करोड ५९ लाख, नेशनल हाइड्रोपावरको १४ करोड ४७८ लाख, निफ्राको १४ करोड १३ लाख र एचआइडिसिएलको ११ करोड २ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*