जानकी फाइनान्सको ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२६ माघ २०७८, बुधबार १३:२६

काठमाडौं । जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५१ हजार ३५ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीको संस्थापक शेयरधनी मनोट कुमार साहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*