युनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा ५८ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

२६ माघ २०७८, बुधबार ११:५६

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा खुद नाफा ५८ प्रतिशतले बढेर २ करोड ४७ लाख रुपैयाँले बढेको हो ।

खुद नाफा बढ्दा कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ प्रतिशतले घटेर १४ करोड ६८ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष भने यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १५ करोड ६२ लाख रुपैयाँ आर्जन गर्ने सफल भएको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड रहेको छ भने जगेडामा १० करोड १८ लाख सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८६ पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*