मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा

२६ माघ २०७८, बुधबार ११:२८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*