सुन तोलामा ३ सय रुपैयाँले वृद्धि, चाँदी कति ?

२६ माघ २०७८, बुधबार ११:२७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ५ सय रुपैयाँले बढेको सुन बुधबार पनि ३ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*