मध्यभोटेकोशी जलविद्युत कम्पनी ७७ लाख रुपैयाँ नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि घट्यो

२६ माघ २०७८, बुधबार ११:२५

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण्अनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ ।

चालु आवको पुष मसान्तसम्ममा कम्पनी ७७ लाख २ हजार रुपैयाँ नोक्सानीमा गएको छ । गत आवको यसै अवधिसम्ममा पनि कम्पनी नोक्सानीमा नै रहेको थियो । तर यस आवको तुलनामा गत आवमा भने केही कम नोक्सानी रहेको थियो । गत आवको यसै अवधिसम्ममा कम्पनी २० करोड ३७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको एकमात्र जलविद्यूत आयोजना निर्माणकै चरणमा रहेका कारण नाफा आर्जन गर्न नसकेको हो ।

साथै कम्पनीले यस अवधिसम्ममा १ करोड ९९ लाख १३ हजार रुपैयाँ फाइनान्स आम्दानी गरेको छ । तर संचालन नाफामा गत आवको तुलनामा झनै नोक्सानी बेहोर्नुपरेकोले कम्पनी नोक्सानमा रहेको हो । गत आवको पुष मसान्तसम्ममा २४ करोड ८१ लाख संचालन नाफा ऋणात्मक रहेकोमा यस आवको यसै अवधिसम्ममा झनै बढेर २७ करोड ६२ लाख रुपैयाँ संचालन नाफा ऋणात्मक हुन पुगेको हो ।

साथै कम्पनी यस अवधिसम्ममा प्रतिशेयर आम्दानी २६ पैसामा नोक्सानमा रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ९५.३२ रुपैयाँ सीमित भएको छ । कम्पनीको यस अवधिसम्ममा चुक्तापूँजी ६ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ५ लाख रुपैयाँ संचित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*