आरम्भ चौतारी लघुवित्तद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस ?

२६ माघ २०७८, बुधबार १०:५६

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

लघुवित्तको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी २८ करोड ६७ लाख रुपैयाँको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

उक्त बोनस शेयर लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*