खुद ब्याज आम्दानी र संचालन नाफा बढेपनि नयाँ सारथी लघुवित्तको खुद नाफा घट्यो

२६ माघ २०७८, बुधबार १०:४०

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सामान्य गिरावट आएको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले ४ करोड ६३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ९.५४ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा भने सुधार देखिएको छ । गत आवको तुलनामा यस अवधिसम्ममा खुद ब्याज आम्दानी १४.२९ प्रतिशतले बृद्धि भएर १३ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आवमा यस्तो आम्दानी ११ करोड ६१ लाख रुपैयाँ मात्रै रहेको थियो ।

साथै गत आवमा ३६ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको संचालन नाफा यस आवको दोस्रो त्रैमासम्ममा धनात्मक भएर ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा बढेपनि कर्मचारी खर्च र अन्य खर्च बढेसँगै संस्थाको खुद नाफा घट्न पुगेको हो ।

यस अवधिसम्ममा संस्थाले ९३ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा संस्थाको चुक्तापूँजी २३ करोडबाट बृद्धि भएर २५ करोड पुगेको छ भने संस्थाको जगेडा कोषको आकार समेत बृद्धि गरी २७ करोड ७५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । साथै संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ३६.३४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ, २०८.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.२२ रुपैयाँ र तरलता अनुपात ३.९५% रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*