खानीखोला हाइड्रोपावरको खुद नाफा २ करोड ७८ लाख रुपैयाँ

२५ माघ २०७८, मंगलवार १८:४०

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ ।

गत वर्ष यसै अवधिमा ३ करोड ९७ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा २ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । कम्पनीको संचालन नाफा र विद्युत बिक्री आम्दानीमा सुधार आउदा खुद नाफा बढ्न पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा संचालन नाफा १०९ प्रतिशतले बढेर ८ करोड ३३ लाख पुगेको छ भने विद्युत बिक्री आम्दानी ८४.९५ प्रतिशतले बढेर १० करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ७१ लाख रुपैयाँमा सिमित भएको थियो ।
समिक्षा अवधिसम्मका कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ भने वार्षिकी प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*