इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कति कित्ता दिने आवेदन ?

२६ माघ २०७८, बुधबार ०६:००

काठमाडौं । इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आजदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो ।

जसमा २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी हरेको ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*