सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको ५ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

२५ माघ २०७८, मंगलवार १७:२९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दावी रकम भुक्तानी गरेको छ। कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको रु ५ लाख हस्तान्तरण गरेको छ ।

बीमितले बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काज्यूले चेक हस्तान्तरण गरेको थियो ।

कम्पनीको आ.व. २०७८÷७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल रु ३२,२७,९६,१०५÷– भुक्तानी भइसकेको छ । जनमानसमा बीमा दावी भुक्तानी सम्बन्धी नकारात्मक आवधारणालाई परिवर्तन गरी दावी भुक्तानीलाई सरल, पारदर्शी र सत प्रतिशत फछ्र्यौट गर्नेे अभियानमा सूर्या लाइफ रहेको कुरा प्रमुख कार्यकारी अधिकृतले जानकारी गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*