नेपाल इन्स्योरेन्स सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२५ माघ २०७८, मंगलवार १५:१९

काठमाडौं । नेप्सेमा उतार चडाब कायमै रहेको छ । साताको पहिलो दिन ४० अकंले घटेको नेप्से दोस्रो दिन भने सामान्य सुधार भएको थियो । फेरी साताको तेस्रो दिनमा १६.३० अकंले घटेको छ ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आउदा कारोबार ६ अर्बमा सिमित भएको छ । आज नेपाल इन्स्योरेन्सले सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको शेयर आज ३.८३ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावरको ३.४४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २.९९ प्रतिशत, विन नेपाल लघुवित्तको २.५६ प्रतिशत, एनएमबि हाईब्रिड फण्डको २.२७ प्रतिशत र समृद्धि फाइनान्सको २.२६ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*