उतारचढावकाबीच १६ अंकले घट्यो नेप्से, ५ उपसूचकमा हरियाली छाउँदा ६ अर्बमाथिको कारोबार

२५ माघ २०७८, मंगलवार १५:१६

काठमाडौं । सातोको तेस्रो दिन नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १५ अंकले बढेको शेयर बजार आज १६.३० अंकले घट्न पुगेको हो ।

उतारचढावकाबीच नेप्से आज शुन्य दशमलव ५७ प्रतिशतले घट्न पुगि २८३५.४८ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेको १३ उपसूचक मध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूहको १६८.५४ रुपैयाँले घट्न पुगेको छ । साथै आज व्यापार, होटल तथा पर्यटन, निर्जीबन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्ड समूहमा भने हरियाली छाएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन ३५ करोड ८५ लाख १२ हजार ४३२ रुपैयाँको कारोबार भएको हो । साथै सर्वाधिक कमाउने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । सो कम्पनीको आज ३.८३ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*