खल्तीले ल्यायो आइफोन १३ जित्ने अफर, हरेक दिन एक जनालाई १ रुपैयाँमा फ्लाइट टिकट

२५ माघ २०७८, मंगलवार १३:०१

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले आइफोन १३ र एक रुपैयाँमै फ्लाइट टिकट जित्ने अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनुका साथैै हरेक दिन एक जनालाई १ रुपैयाँमा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ ।

उक्त अफर २३ माघ देखि फागुन ३० सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा १२ सयसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*