जीवन विकास लघुवित्तको खुद नाफा सवा ४० करोड, प्रतिशेयर आम्दानी घट्यो

२५ माघ २०७८, मंगलवार ११:२०

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकोे खुद नाफामा सुधार देखिएको छ ।

संस्थाले चालु आवको पुष मसान्तसम्ममा ४० करोड १६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ९.१० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढ्न पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.६५ प्रतिशत बढेर ८० करोड ३० लाख रुपैयाँ पुगेको छ । भने संचालन नाफा ४४३.२२ प्रतिशत बढेर ४१ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ६० करोड ५३ लाख र संचालन नाफा ७ करोड ६४ लाख रुपैयाँ मात्र रहेको थियो । यस आवको समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानीमा सुधार र संचालन मुनाफामा उछाल आएसँगै लघुवित्तको खुद नाफा बृद्धि हुन पुगेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७९ रुपैयाँ ३० पैसा रहेको लघुवित्तका प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४७ रुपैयाँ २७ पैसा घटेर १३२ रुपैयाँ ४ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१२ प्रतिशत बढेको छ भने जगेडा कोष ७४.४० प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सापटी १७.२४ प्रतिशत, निक्षेप १७.०६ प्रतिशत र कर्जा २५.५४ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*