समृद्धि फाइनान्सले फागुन ८ गतेबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्दै

२५ माघ २०७८, मंगलवार ११:१०

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्कासनका लागि पुुस ११ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा फागुन ८ देखि २९ गते बैंकिङ समयसम्म मेरो सेयरको मोबाइल एप, वेवसाइट, बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल मार्केट नक्साल तथा समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा बीओके क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*