रिलायबल नेपाल लाइफको जीवन बीमा कोष दोब्बर बृद्धि, व्यवसाय फैलदा मुनाफा बढ्यो

२५ माघ २०७८, मंगलवार १०:३६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि भएको छ । कम्पनील्े आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ८९.२८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड ८८ लाखबाट बढेर तीन अर्ब ६१ करोड ३१ लाख नाघेको छ ।

कम्पनीको जगेडा कोष २६ प्रतिशतले र महाविपत्ति कोष ३० प्रतिशतले बृद्धि गर्दा समग्र कोषको आकार ६९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ति कोष सहित कूल कोषको आकार चार अर्ब ७१ करोड ७० लाख ७६ हजार पुगेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानी ४६ प्रतिशतले बृद्धि भएको छ । सो कम्पनीले गत आवको छ महिने अवधीमा एक अर्ब ३१ करोड ९७ लाख पाँच हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेमा यस आवको पुस मसान्तसम्ममा एक अर्ब ९२ करोड ९८ लाख सात हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको दावी भुक्तानी ३० प्रतिशतले बृद्धि भएको छ । कम्पनीको कर्जा लगानी तथा अन्यबाट प्राप्त आय २१ करोड ४५ लाखबाट बृद्धि भई २६ करोड २२ लाख पुगगेको छ । कम्पनीको व्यवस्थापन खर्च ७८ प्रतिशतले बढेको आज प्रकाशित अपरिस्कृत वित्तिय विवरणमा उल्लेख छ । गत आवमा १३ करोड ५३ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको छ महिनामा २६ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले अभिकर्तालाई दिँदै आएको कमिशन ६४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १७ करोड ५९ लाख रुपैयाँ कमिशन वितरण गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा २४ करोड रुपैयाँ आफ्ना अभिकर्तालाई कमिशत वितरण गरेको छ ।

कम्पनीको खुद नाफा १८ करोड पाँच लाख ११ हजार रुपैयाँ छ । गत आवको तुलनामा खासै बृद्धि भएको छैन । गत आवमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रमममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको हाल कायम पोलिसी संख्या ४६ लाख पुगेको छ । गत आवमा यस्तो पोलिसी संख्या जम्मा २६ लाख थियो । कम्पनीको बीमा पोलिसी सबैभन्दा धेरै छ । म्यादी बीमाका कारण कम्पनीको बीमा पोलिसी धेरै भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*