सानिमा जनरल इन्स्योरेन्सको मुनाफा ९५ प्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

२५ माघ २०७८, मंगलवार ०७:४७

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आजा सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा ९५.६५ प्रतिशतले बृद्धि भएको छ । अन्य सूचांकहरुमा सकारात्मक प्रगति देखिए पनि बक्यौता दावी भुक्तानी चिन्ताजनक अवस्थामा पुगेको देखिएको छ । समीक्षा अवधीमा कम्पनीको बक्यौता दावी भुक्तानी १७५ प्रतिशतले बृद्धि भएको छ ।

पुस मसान्त सम्ममा कम्पनीले पाँच् करोड ८० लाख ७८ हजार रुपैयाँ मुनाफा कमाएको छ । सो मुनाफा अघिल्लो आवको तुलनामा झण्डै दोब्बर हो । गत आवमा कम्पनीले जम्मा दुई करोड ९६ लाख मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले लगानी तथा कर्जाबाट प्राप्त आय ३० प्रतिशतले बृद्धि हुँदा व्यवस्थापन खर्च ४३ प्रतिशतले बृद्धि गरेको छ ।

समीक्षा अवधीमा कम्पनीको व्यवसाय ६४ प्रतिशतले फराकिलो भएको छ । गत आवमा २८ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा ४६ करोडभन्दा बढि कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।
कम्पनीको जारी बीमा पोलिसी संख्या बढेको छ ।

कम्पनीको अण्डरराईटिङ प्रभावकारी हुन नसक्दा दावी भुक्तानी १७५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १७ करोड रहेको बक्यौता दावी भुक्तानी यस आवमा बृद्धि भई ४८ करोड पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.६२ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ५४.४१ रुपैइाँ प्रतिशेयर नेटवर्थ १२४.३० र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १७९.१२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*