बीमा कम्पनीको प्रमुख कार्यकारीको तलव सुविधा सम्बन्धी मार्गदर्शन संशोधन

२४ माघ २०७८, सोमबार २१:२६

काठमाडौं । बीमा समितिले बीमा कम्पनीका सिईओहरुको तलव सुविधा सम्बन्धी मार्गदर्शन २०७४ मा सामान्य संशोधन गरेको छ ।

बीमा समितिले कम्पनीको तलव खुवाउने क्षमता घटेको अवस्थामा समेत पूर्ववत रुपमा तलव खान पाउने गरी मार्गदर्शन संशोधन गरेको हो । बीमा समितिको यही मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सो मार्गदर्शन संशोधन गरेको हो ।

बीमा समितिले संशोधित मार्गदर्शन आज सार्वजनिक गरेको छ । जसमा बीमक कम्पनीमा कार्यरत सिईओले कूल कर्मचारी खर्चको बार्षिक ६ प्रतिशत वा कूल औषस सम्पत्तिको ०.१ देखि ०.५ प्रतिशतसम्म तलव सुविधा पाउन सक्ने व्यवस्था यथावत राख्दै स्पष्टिकरणमा सोही कम्पनीमा अघिल्लो कार्यकालमा सिईओले खाईपाई आएको सुविधा भन्दा कम भएमा बीमा समितिको स्वीकृति लिई पूर्ववत सिईओले सरह तलव सुविधा पाउने गरी संशोधन गरिएको छ ।

नयाँ व्यवस्था अनुसार अब तलव सुविधा घटाएर लिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*