नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने

२५ माघ २०७८, मंगलवार ०६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ ।२ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नामक उक्त ऋणपत्र मंगलवार बोलकबोल हुने र भोलिपल्ट बुधवार विक्री हुने छ ।केन्द्रीय बैंकले यसअघि १०/ १० अर्ब रुपैयाँको क्रमशः २ वर्षे र ४ वर्षे अवधिको विकास ऋणपत्र विक्री गरिसकेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासभित्र ( चैत मसान्तसम्म) सरकारले १ खर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरिरहेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कुल २ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*