तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताले गुमाए कुल ७० खर्ब

२४ माघ २०७८, सोमबार १८:३४

काठमाडौ । भारतीय शेयर बजारमा निरन्तर तेस्रो दिन गिरावट आएको छ । बजार घटेसँगै भारतीय लगानीकर्ताहरुले खबौं रुपैयाँ गुमाएका छन् । तीन दिन लगातार बजार घट्दा भारतीय लगानीकर्ताहरुले कुल ७० खर्ब भारतीय रुपैयाँ गुमाएका छन् ।

सोमबार पनि भारतको प्रमुख बजार बीएसई सेन्सेक्स १०२३.६३ अंकले घटेको छ । युनियन बजेटलाई भारतीय बजारले स्वागत गरेपनि विश्वव्यापी रुपमा ब्याजदर बढ्न थालेपछि त्यसको असर भारतमा पनि देखिएको छ हो ।

यस्तै, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि मार्ज महिनामा ब्याजदर बढाउने भएपछि भारतीय बजारमा पनि असर पुगेको प्रक्षेपण गर्न सकिन्छ ।ब्याजदरका साथै, भारतमा मूल्य वृद्धिदर पनि ५ महिनायताकै उच्च विन्दुमा पुगेको छ । जसका कारण बैंकहरुले ब्याजदर बढाउन सक्ने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*