सिटिजन्स बैंकद्धारा ललितपुरको सुबानेमा शाखा रहित बैंकिङ सेवाको बिस्तार

२४ माघ २०७८, सोमबार १७:३६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप एक शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । ललितपुर जिल्लाको बाग्मती गाउँपालिका, सुबानेमा यहि माघ २२ गतेबाट ९१ औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो ।

बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखा रहित बैंकिङ सेवाका साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ । यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९१ शाखा रहित बैंकिङ सेवाबाट सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*