झिनो अंकले बढेको शेयरबजारमा यी कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए

२४ माघ २०७८, सोमबार १५:२०

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । आइतबार ४० अकंले घटेको नेप्से सोमबार भने १५.६९ अकंले बढेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से वृद्धि हुदाँ समेत कारोबार ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँमा सिमित भएको छ ।

कारोबार ५ अर्बमा सिमित हुदाँ बुद्धभुमि नेपाल हाइड्रोपावरले सर्वाधिक गुमाएको छ । कम्पनीले आज ४.५७ प्रतिशतले घटेको हो ।

त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको ३.७१ प्रतिशत, साहस उर्जाको २.६४ प्रतिशत, विन नेपाल लघुवित्तको २.४६ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको २.३९ प्रतिशत र सिइडिबि हाइड्रोपावर डेभलपमेन्टको २.०५ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*