निफ्रासहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

२४ माघ २०७८, सोमबार १५:१७

काठमाडौं । साताको पहिलो दिन राताम्य भएको नेप्से आज भने बढेको छ । सोमबार नेप्से १५.६९ अकंले वृद्धि हुन पुगेको छ ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्से आज वृद्धि हुदाँ समेत कारोबार भने खुम्चिएको छ । आज कारोबार ५ अर्बमा सिमित हुदाँ नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको आज ८.४२ प्रतिशतले बढेको हो ।

त्यस्तै, छाङ्दी हाईड्रोपावरको ६.८३ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशत, नेशनल हाइड्रो पावरको ४.६६ प्रतिशत, बोट्लस नेपालको ४.६१ प्रतिशत र नेपाल हाइड्रो डेभलोपेरको ४.१७ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*