निफ्रामा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२४ माघ २०७८, सोमबार १५:१३

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से दोहोरो अंकले बृद्धि भएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजार आज १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने घट्न पुगेको छ । अघिल्लो साता ६।७ अर्बमा रहेको कारोबार आज ५ अर्बमा खुम्चिन पुगेको छ ।

५ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक निफ्राको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ४९ करोड ३४ लाख ४९ हजार ८३९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ८.४२ प्रतिशतले बढेसँगै सर्वाधिक कारोबार हुन पुगेको हो ।

दोस्रोमा नेशनल हाइड्रोपावर रहेको छ, कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँ, तेस्रोमा अरुण भ्याली हाइड्रोपावरको २५ करोड १६ लाख, चौथोमा एनटिसीको २४ करोड ४८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*