उच्च खरिद माग हुँदा निफ्राको शेयर ५.१३% ले बढ्यो, सर्वाधिक २० करोड माथिको कारोबार

२४ माघ २०७८, सोमबार १३:२०

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सर्वाधिक खरिद माग र कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ५.१३ प्रतिशत अर्थात् १९.५० रुपैयाँले बढेर शेयरमूल्य ३९९ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको ९ लाख ६९ हजार ९१८ कित्ता शेयर उच्च खरिद माग भएकोले शेयरमूल्य बढ्न पुगेको हो ।

साथै यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२० कम्पनीमध्ये निफ्राको सर्वाधिक २० करोड ४२ लाख ११ हजार रुपैयाँको कारोबार हुन पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*