आम्दानी बढेसँगै रिडि हाईड्रोपावरको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

२४ माघ २०७८, सोमबार १२:३०

काठमाडौं । रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ९३ लाख ८१ हजार खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा उक्त नाफा २३२४.३५ प्रतिशतले बढेर ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको आम्दानी वृद्धि हुदाँ नाफामा आर्कषक सुधार देखिएको हो ।

कुल आम्दानीमध्ये चालू आवको दोस्रो त्रैमासमा विद्युत बिक्री गरेर ३ करोड ८ लाख आम्दानी भएको छ भने बुटवल सोलारबाट ४ करोड २७ लाख आम्दानी भएको छ । त्यसैगरी अन्य आम्दानी ६० करोड ८ लाख रहेको छ ।

कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख रहेको उक्त कम्पनीको जगेडामा ४७ करोड १ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६०.४६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८०.२९ रुपैयाँ रहेको छ । चुक्ताँ पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*