जगदम्बा स्टिलद्धारा तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी

२४ माघ २०७८, सोमबार १२:२४

काठमाडौं । जगदम्बा स्टिलले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालको औद्योगिक इतिहासमै पहिलो पटक स्वदेशी उत्पादन निर्यातको थालनी गरेको हो ।

जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको माग विदेशमा समेत रहेकोले उत्पादन, दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यात गरिने भएको छ । गुणस्तरमा प्रतिबद्ध रहँदै अत्याधुनिक प्लान्टमार्फत् निर्मित उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ रहो विश्वास कम्पनी गरेको छ ।

तेस्रो देश निर्यात थालनीको अवसरमा बोल्दै शंकर गु्रपका अध्यक्ष शंकर लाल अग्रवालले ‘नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित भएको गुणस्तरको निरन्तरताको लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ ल्याइने जानकारी दिदै निर्यात संगै थप आत्मबल बढेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*