मिथिला लघुवित्तको नाफा १६ प्रतिशतले बृद्धि, जगेडा कोषमा साढे १६ करोडमाथि संचित

२४ माघ २०७८, सोमबार ११:४७

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुष मसान्तसम्ममा संस्थाको खुद नाफा १६.८७ प्रतिशतले बढ्न पुगेको हो । गत आवको यसै अवधिसम्ममा संस्थाले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले यस अवधिसम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य सुधार गरेको छ । खुद ब्याज आम्दानी २७ प्रतिशतले बढेर ६ करोड ५२ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी ५ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, संचालन मुनाफा पनि ४ प्रतिशतले बढेर ४ करोड २७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो नाफा ४ करोड ११ लाख २८ हजार रुपैयाँ रहेको थियो । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा खुद नाफामा सुधार आएको हो ।

यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी १२ प्रतिशतले बढेर १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ पुगेकोमा संस्थाले जगेडा कोषको आकार ५८ प्रतिशतले बढाएर १६ करोड ८० लाख रुपैयाँ संचित गरेको छ । त्यस्तै वार्षिकी प्रतिशेयर आम्दानी ५०.८४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ २९ पैसा रहेको छ ।

संस्थाले यस अवधिसम्ममा ५८ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*