आरएमडिसि लघुवित्तको खुद नाफा १६ करोड ८५ लाख माथि, अन्य सूचक कस्तो ?

२४ माघ २०७८, सोमबार ११:३४

काठमाडौं । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ ।

सस्थाले चालु आवको पुष मसान्तसम्ममा १६ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ४६.८५ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ११ करोड ४७ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाले यस अवधिसम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । यस अवधिसम्ममा खुद ब्याज आम्दानी ३७.८८ प्रतिशतले बढेर २७ करोड ७४ लाख २२ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ४३.४९ प्रतिशततले बढेर २३ करोड ४९ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २० करोठ १२ लाख रुपैयाँ र संचालन मुनाफा १६ करोड ३७ लाख रुपैयाँ रहेको थियो । संस्थाले चालु आवको पुष मसान्तसम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार गरेसँगै संस्थाको नाफा ह्वात्तै बढ्न पुगेको हो ।

त्यस्तै, यस अवधिसम्ममा संस्थाको निक्षेप संकलन भने २३ प्रतिशतले घटेर २७ करोड ३६ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट २७ करोड ३६ लाख रुपैयाँ सापटी लिई २ करोड २२ लाख ६९ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापूँजी २० प्रतिशतले बढेर १२ १ अर्ब २४ करोड १० लाख रुपैयाँ रहेको छ भने संस्थाको जगेडा कोषको आकार १२.१२ प्रतिशतले घटेर ९८ करोड ९२ लाख रुपैयाँ संचित गरेको छ । साथै यस अवधिसम्ममा संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ४.९६ रुपैयाँले बढेर २७.१५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*