सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति ?

२४ माघ २०७८, सोमबार ११:१३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सोमबार सुन तोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*