ज्योती लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको शेयर मूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

२४ माघ २०७८, सोमबार ०८:०५

काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी), ज्योती लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो ।

एलआइसिले २०%, ज्योती लाइफ इन्स्योरेन्स्ले १०% र जानकी फाइनान्सले १५% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले आज यी तीनै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

एलआइसीको अघिल्लो दिन कायम २३३२ रुपैयाँ, ज्योती लाइफको ७१५ रुपैयाँ र जानकी फाइनान्सको ६७७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको शेयरमूल्य क्रमशः १९४३ रुपैयाँ ३३ पैसा, ६५० रुपैयाँ र ५८८ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*