जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे १७ लाख बढीको आवेदन

२३ माघ २०७८, आईतवार १७:५७

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा आइतबारसम्ममा साढे १७ लाख बढीको आवेदन परेको छ ।

बिक्री प्रबन्धक क्यापिटलका अुनसार आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ५० हजार बढीको आवेदन परेको हो । जुन आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४४.४७ गुणा बढी हो ।

कम्पनीले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

जसमध्ये ८ हजार कित्ता कर्मचारीहरुको लागि र २६ हजार १ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २२० कित्ता सम्मका लागि आवेदन दिन पाउनेछ । आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयबाट दिन सक्नेछन् । साथै मेरो शेयर वेबसाइट वा एपबाट पनि लगानीकर्ताले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*