६ निर्जीवन बीमा कम्पनीहरुले गरे लाभांश घोषणा, कुनले कति गरे ?

२५ माघ २०७८, मंगलवार ०९:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म ६ निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् ।

हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरिसकेका छन् ।

यी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।बीमा समिमिते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । त्यसैले कम्पनीहरुले बोनस शेयरमा बढी फोकस दिईरहेका छन् । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले अर्को निर्देशन जारी नगरेसम्मको लागि कम्पनीहरुले नगद लाभांश गर्न पाउने छैनन् ।

६ कम्पनीमध्ये सबै भन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कमपनी रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणका लागि नियमक निकाय बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।

तेस्रोमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । प्रिमियरले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न प्रिमियरले माघ २१ गते २८ औं वार्षिक साधारण बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि प्रिमियरले माघ ५ गते नै बुक क्लोज गरिसकेको छ । जस अनुसार माघ ४ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने बोनस शेयर पाउने छन् ।

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत गरी ११.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

।हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम लाभांश घोषणा गरेको छ । कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र ० दशमलव ३५ प्रतिशत नगद लाभांश घोषणा गरि कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*