नेप्सेमा १४ अंकको गिरावट, हाइड्रोपावर र निर्जीबन बीमा समूहको बढ्दा ८ अर्बमाथिको कारोबार

२० माघ २०७८, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । यस साताको पहिलो दिन उछाल आएको नेप्सेमा क्रमशः गिरावट आएको थियो । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले घटेर बन्द हुन पुगेको छ ।

नेप्सेमा आज १४.५८ अंक अर्थात् शुन्य दशमलव ५० प्रतिशतले घटेर २८७६.७५ विन्दु कायम भएकोछ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा १४ अंकको गिरावट आएतापनि आज कारोबार भने ८ अर्बमाथि पुगेको छ । सोही रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हाइड्रोपावर कम्पनीहरुको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समुह बाहेकका सबै सूचक राताम्य भएका छन् । आज हाइड्रोपावर र निर्जीबन बीमा समूहमा हरियाली छाएको छ भने सर्वाधिक जीवन बीमा समूहको १७३ रुपैयाँ ७४ पैसाले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*