हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२० माघ २०७८, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः गिरावट आएको छ । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले घटेर बन्द हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा १४ अंकको गिरावट आएतापनि आज कारोबार भने ८ अर्बमाथि पुगेको छ । सोही रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हाइड्रोपावर कम्पनीहरुको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने पहिलोमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ८२ करोड ७० लाख ३५ हजार ३३६ रुपैयाँको कारोबार भएको हो ।

दोस्रोमा अपि पावरको ५२ करोठ ५० लाख, तेस्रोमा शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख, चौथोमा नेशनल हाइड्रोपावरको २४ करोड ८१ लाख र पाँचौमा एचआइडिसिएलको २४ करोड ३७ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*