मध्यभोटेकोशीको संचालकमा अरनिको हाइड्रोपावरका अध्यक्ष सुभाष कर्माचार्य मनोनयन

२० माघ २०७८, बिहीबार १३:२८

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले संचालकमा सुभाष कर्माचार्यलाई नियुक्त गरेको छ ।

कम्पनीको संस्थापक शेयरधनी अर्थात् शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय ३ कम्पनीहरु (नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी)को तर्फबाट आलोपालो प्रणालीअन्तर्गत सो कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्दै आएका सिन्धु इन्भेष्टमेन्ट कम्पनीका नरेश लाल श्रेष्ठको कार्यकाल पुरा भएकोमा सो पदमा तीनैवटै कम्पनीको माघ १ गते निर्णयअनुसार माघ २ गतेदेखि लागू हुनेगरी अरनिको हाइड्रोपावरका अध्यक्ष सुभाष कर्माचार्यलाई चयन गरेको हो ।

सो सम्बन्धि तीनै कम्पनीको संयुक्त निर्णयअनुसार कर्माचार्यलाई मनोनय गरी माघ १२ गते प्रााप्त पत्रबाट जानकारी पश्चात कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले उक्त पदमा कर्माचार्यलाई एक वर्षको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*