शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन

१९ माघ २०७८, बुधबार १६:०३

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, भोलि बिहीबारसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*