सूर्या लाइफ इन्स्योरेन्सको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१९ माघ २०७८, बुधबार १०:५७

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको ८ हजार १५८ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनी संंस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम बिक्री मूल्य ३०४ रुपैयाँ तोकेका छ । जसअुनसार आवेदकले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित (माघ १९ गते) भएको मितिले ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डले उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*